Logo
६ जेष्ठ २०८१, आईतबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी चौकीमा तालिवान आक्रमण, आठ प्रहरी मारिए, १६ जना घाइते

एजेन्सी : अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरी चौकीहरुमा तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा ८ प्रहरी मारिएका छन् ।

यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिएका छन् ।

शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी ८ प्रहरीको मृत्यु हुनको साथै अन्य १६ जना घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।

तालिबान लडाकू समूहले गरेको आक्रमणपछि सुरक्षा अधिकारी र तालिबानबीच भएको दोहोरो भिडन्तमा तालिबानतर्फ पनि हताहत भएको अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्ह्वा

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्