Logo
६ जेष्ठ २०८१, आईतबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरियाणा कांग्रेस प्रवक्ताको दिनदहाडै गोली हानी हत्या

भारतको हरियाण राज्यको फरीदाबाद शहरमा भारतीय कांग्रेस पार्टीका प्रदेश प्रवक्त विकास चौधरीलाई गोली हानी हत्या गरिएको छ । चौधरीको शरीरमा कमितमा ८ देखि १० गोली लागेको जनाइएको छ ।

गोली लागेर ढलेका चौधरीलाई तुरुन्तै सर्वाेदय अस्पताल उपचारका लागि लगिएको थियो । तर गम्भीर घाइते भएका उनलाई डाक्टरले बचाउन सकेनन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनास्थलाट १२ वटा गोलीका खोल भेटिएका छन् । भारतीय सूचनाअनुसार चौधरीमाथि फायरिङ्ग भएको थियो जब उनी जिमका लागि आफ्नो गाडीबाट जसरी निस्किए त्यति बेला नै उनीमाथि २ जना व्यक्तिले गोली हानेको बताइएको छ ।

विकास चौधरीको हत्यापछि हरियाणा कांग्रेसका अध्यक्ष अशोक तन्वरले ‘जंगल राज’ को प्रतिक्रिया दिएका छन् । कानुनको कसैलाई डर नभएको बताउँदै उनले हत्याको गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।
मृतक चौधरी हरियाणा कांग्रेसका प्रदेश प्रवक्ता हुन् ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्