Logo
५ जेष्ठ २०८१, शनिबार
(June 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाबुवाले सानैदेखि आफ्ना बालबालिकालाई सिकाउनैपर्ने यी ८ कुराहरु

बच्चालाई राम्रो आचरण र आनीबानी सिकाउने प्रथम जिम्मेवारी आमाबुवा र अभिभावकको हुन्छ । बच्चालाई सानैदेखि नै राम्रौ कुरा सिकाउन अत्यन्तै महत्त्वपूर्ण हुन्छ । कतिपय कुराहरु बच्चाले आफै भोगेर सिक्ने गर्दछ भने कतिपय कुरा ठूलो भएपछि आफै सिक्छन् ।

तर यथार्थ के हो भने बच्चालाई सानैमा सिकाउँदा उत्तम मानिन्छ किनकी ठूलो भएसी त्यो बानी हटाउन साह्रै गाह्रो हुन्छ अझ भनिन्छ नि ‘नानीदेखि लागेको बानी’ जुन छुटाउन एकदम मुश्किल हुने गर्छ । तसर्थ आफ्ना बालबालिकालाई आजैदेखि यी ८ कुराहरु सिकाउनुहोस् जसले उसको भविष्यलाई उज्जवल बनाउन मद्दत गर्छ ।

१. सही र गलतको फरक छुटाउन सिकाउनुहोस् :
बच्चालाई सही र गलतको फरक छुट्याउन सिकाउनुहोस । अनि मात्र उनीहरुमा निर्णय लिने क्षमताको विकास हुन्छ । यदि बच्चा सही र गलत विच फरक छुट्याउन सक्ने हुन्छन् । उनीहरुले कहिले गलतको पनि साथ दिँदैनन् । सहीको नै साथ दिन्छ ।

२. आफूभन्दा ठूलो मानिससँग बोल्न सिकाउनुहोस् :
सबैभन्दा पहिला बच्चालाई आफूभन्दा ठूलाको आदर गर्न सिकाउनुहोस् । उनीहरुलाई ठूलो मानिसहरुसँग बोल्दा कसरी शिष्टाचारमा रहेर कुरा गर्नुपर्छ भनेर सिकाउनुपर्छ त्यसको साथै सम्मान गर्न पनि सिकाउनुपर्छ ।

३. धैर्य राख्न सिकाउनुहोस् :
आजकलको बच्चामा धैर्यताको कमि देखिन्छ ।  उनीहरुलाई हरेक कुरा चाँडो र हातमै चाहिन्छ । बच्चालाई धैर्य गर्न सिकाउनुहोस । उनीहरुलाई धैर्य र मेहनतले नै सबै काम बन्छ भनेर सिकाउनुहोस .

४. सेयरिङ गर्न सिकाउनुहोस् :
बच्चामा सुरुबाट नै सबैकुरा अरुसँग बाड्ने बानी गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यसबाट सम्बन्ध बलियो हुन्छ । यसले गर्दा बच्चाले अरुको भावना र आवश्यकताको पनि ख्याल राख्न सिक्छ । बच्चालाई कुनै पनि वस्तु वा सविधासिर्फ उनको लागि मात्र होइन भनेर सिकाउनुपर्छ ।

५. अर्कालाई सहयोग गर्न सिकाउनुहोस् :
यदि कोही समस्यामा छ वा कसलाई तपाईको आवश्यक भएको हुन सक्छ । बच्चालाई यस्तो कुरा सिकाउनुहोस । जसले गर्दा उनीहरुमा अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना आउँछ । उनीहरुको भावनालाई प्रेरित गर्नुहोस । सिर्फ चिनेकाहरुको मात्र होइन, आवश्यक परेको मानिस सबैलाई सहयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुहोस् ।

६. समयको कदर गर्न सिकाउनुहोस् :
आफ्नो बच्चालाई समयको कदर गर्न सिकाउनुहोस । जीवनमा अगाडि बढ्नको लागि समयको कदर गर्नु एकदमै जरुरी हुन्छ । आफ्नो काम प्रति निष्ठावान बनाउनुहोस । बच्चालाई काम प्रति जहिले पनि इमान्दार बन्न सिकाउनुहोस् । बच्चालाई हरेक काम परर्फेक्ट गर्न सिकाउनुहोस् । बच्चालाई लापरवाहीसँग काम गर्ने बानीबाट बचाउनुहोस ।

७. थ्याङ्क्यू र सरी भन्न सिकाउनुहोस् :
बच्चालाई थ्याङ्क्यू र सरी भन्न सिकाउनुहोस । यसबाट बच्चाहरुमा अरु प्रति सम्मानको भावना विकसित हुन्छ । ठूलोको कुरा मान्नु बच्चालाई जहिले पनि ठूलाले भनेको कुरा मान्नुपर्छ भनेर सिकाउनुपर्छ । उनीहरुको दिमागमा एउटा छाप बनाइदिनुहोस कि ठूलोले केहि कुरा भनेको तिम्रो हक र हितकै लागि हो ।

८. प्रार्थना गर्न सिकाउनुहोस् :
बच्चाहरुलाई हरेक दिन प्राथना गर्ने बानी बसाल्न सिकाउनुहोस् । यसबाट बच्चामा आत्मविश्वास बढ्छ । प्रार्थना गर्दा बच्चामा सकारात्मक विचार र एकाग्रतामा सुधार आउँछ । इमान्दार बन्न सिकाउनुहोस – बच्चाहरुलाई इमान्दार बन्न सिकाउनुहोस । इमान्दार बन्दा के हुन्छ भनेर सिकाउनुहोस । यदि तपाईको बच्चा इमान्दार भयो भने उसले कहिले पनि झूट बोल्दैन् र गलत काम पनि कहिले गर्नेछैन ।

प्रकाशित मिति: Jun 27, 2019

प्रतिक्रिया दिनुहोस्