Logo
५ जेष्ठ २०८१, शनिबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराख्नुहोस् : बिहान उठ्नेबित्तिकै गर्न नहुने यी १० कामहरु

मानिसहरु बिहान सबेरै उठछन् र आ- आफ्नो नित्य कर्ममा लाग्ने गर्छन् । तर हामीले बिहान यस्ता कामहरु पनि गछौँ जसले हाम्रो जीवन शैलीमा नै नकारात्मक असर पर्न जान्छ । एस्ट्रोलोजर प्रेम शर्माका अनुसार बिहान उठ्दा भुलेर पनि यी कामहरु नगर्न सुझाएका छन् ।

केके हुन् त बिहानीपख गर्न हुने नहुने कार्यहरु ?

१. बिहान सबेर्र उठ्ने प्रयास गर्नुहोस् । ब्रम्हमू्र्तको समयमा उठ्नुस् । सूर्य उदाउनु अगाडि उठ्नु अत्याधिक राम्रो हुन्छ ।

२. बिहान उठ्ने बित्तिकै बादविवाद गर्ने काम नगर्नुस् । मोबाइलबाट कुरा नगर्नुस् । त्यही अनुसार तपाईँको दिनको सुरुवात हुन्छ।

३.बिहान बिहान कसैमाथि रिस नदेखाउनुस् । कसैले काम बिगारेको छ भने नम्र भएरर सकारात्मक भएर सम्झाउने गर्नुस्।अपशब्द बोल्दै नबोल्नुस् ।

४. बिहानै हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका समाचारले दिनको सुरुवात नगर्नुहोस् । सकेसम्म बिहान मोबाइल र टिभी नचलाउनुहोस् । किनकि मोबाइल र टेलिभिजनमा बिहानै खराब सन्देश र समाचार सुन्नाले दिन पनि खराब बन्न जान्छ । हेर्नु परे पनि सुमधुर गीत सुन्नुहोस् ।

५. बिहान उठ्ने बित्तिकै ऐना नहेर्नु होला । धेरैको प्राय यही बानी छ । यसले तपाइको शरीरमा धेरै मात्रामा नेगेटिभ ऊर्जा, रोगको सम्भावना र भयको सम्भावना बढी शरीरमा उत्पन्न गराउँछ । बरु अफिस जाने समयमा वा फ्रेस भएर ऐना हेर्दा उपर्युक्त हुन्छ ।

६. बिहान उठ्ने बित्तिकै घरको छत, बार्दलीमा गएर आफ्नो कमलो छाया वा अरु व्यक्तिको पनि हेर्दै नहेर्नुस् । अरुको छायाँ हेर्नाले पनि तपाइको शरीरमा ऊर्जा नेगेटिभ बनाइदिन्छ ।

७.जनावरहरुको तस्बिररफोटो रुममा राख्नु भएको छ भने कृपया हेरेर बस्ने काम नगर्नुस् । शास्त्रीय ढंगले बिहान बिहान जनावरहरुको तस्बिर हेर्न उचित मानिएको छैन ।

८. बिहान सबेरै दूध हालेको चिया खाँदै नखानुस् । त्यसको साटो बिहान मनतातो पानी खानुस । दूधचियाले ग्यास्ट्रिक, ग्यास्ट्रिकले अल्सर अलसरले क्यान्सर हुन सक्छ । आजकाल त अझ बेड टी अर्थात ओछ्याउनमै चिया खाने धेरैको बानी हुन्छ ।

९. मसलेदार खाना नखानुस् । खैनी चुरोट र चिया खाँदै हुनुहुन्छ भने यी कामहरु प्रयोगमा ल्याउँदै नल्याउनुस् । तपाइ जे खानुहुन्छ, त्यस्तै बन्दै जानुहुन्छ ।

१०. बिहान कालो चिया पिउनुस् वा तुलसीको पातको चिया । चिया चिनीको सट्टामा सख्खर प्रयोग गर्नुस् । नभए नगर्दा नि उत्तम हुन्छ ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्