Logo
५ जेष्ठ २०८१, शनिबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराखौँ : यी १० अवस्थामा टाउको दुखेको छ भने हुनसक्छ खतरनाक

आजभोलि अस्पतालमा टाउको दुख्ने बिरामीहरुको चाप बढेको छ । टाउको दुखाइको उपचार भने कतिको सम्भव कति छ विज्ञानले अहिलेसम्म कुनै उत्तर दिएको छैन । तर केही वर्ष यता सिटी स्क्यान, एमआरआइजस्ता उपचार पद्धतिद्वारा यसको उपचारमा पनि प्रयोग हुन थालेका छन् ।

प्राय: मानिसहरुमा टाउको दुख्ने समस्या पाइन्छ । टाउको त दुखेको हो भनी बेवास्ता गर्नु मूर्खता हो । यस्ता कयौं अवस्था छन् जसमा टाउको दुख्नुको कारण पत्ता लाग्न सक्दैन । त्यसो त टाउको दुख्नु आफैंमा एउटा रोग हुनैपर्छ भन्ने पनि छैन । अन्य रोगहरुका कारण पनि हाम्रो टाउको दुखिरहेको हुनसक्छ ।

त्यसमाथि टाउको दुख्ने समस्या कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । जस्तो कि ज्वरो आउनु पहिले, रुँघाखोकी लाग्नु पहिले पनि टाउको दुख्न सक्छ । कहिलेकांही हाम्रो रक्तचाप अत्यधिक बढ्दा पनि हाम्रो टाउको दुख्न सक्छ ।

त्यसैगरी, ब्लड प्रेसर बढ्दा टाउको दुख्ने समस्या चाहिँ २० प्रतिशत बिरामीमा मात्र देखिने चिकित्सकहरु बताउँछन् । अरु रोगका कारण वा समस्या कारण हुने टाउको दुखाइलाई सेकेन्डरी मानिन्छ । तर, टाउको दुख्ने नै समस्या पनि छुट्टै रोग पनि हुनसक्छ ।

माइग्रेन एउटा त्यस्तै रोग हो जसमा टाउको दुखिहाल्छ । तर, केही अवस्थामा टाउको दुख्नु चाहिँ निकै खतरानक हुनसक्छ । यस्तो अवस्थामा तत्काल वा जतिसक्दो छिटो चिकित्सककहाँ पुग्नु राम्रो मानिन्छ ।

यी १० अवस्थामा टाउको दुखेको छ भने तत्काल चिकित्सककहाँ देखाउन जानुपर्छ :

१. यदि टाउको यति साह्रै दुखेको छ कि यसअघि तपाईंले कहिल्यै पनि यस्तो महसुस गर्नु भएको थिएन ।

२. पहिलो पटक टाउको दुखिरहेको छ र यो अत्यन्त चर्को गरि दुखिरहेको छ ।

३. यदि टाउको दुख्नुभन्दा पहिले वान्ता भएको थियो । वान्ता भइसकेपछि टाउको झन् बढी दुखिरहेको छ ।

४. यदि टाउको दुख्दा कोही बेहोस भएको छ भने वा शरीरको सन्तुलन बिग्रिएको छ भने वा बोली लटपटिएको छ भने पनि तत्काल उपचार गर्नु आवश्यक हुन्छ ।

५. यदि झुक्दा वा खोक्दा वा कुनै गह्रौं सामान उठाउँदा टाउको दुख्छ भने तत्काल उपचारका लागि अस्पतालमा सम्पर्क गर्नु पर्ने हुन्छ ।

६. यदि टाउको दुखाइका कारण कोही सुत्न सकेको छैन भने तत्काल चिकित्सक कहाँ पुग्नु पर्ने हुन्छ ।

७. यदि रातभर सुतेर उठ्दा पनि विहान टाउको दुखिरहेको छ भने एकपटक चिकित्सककहाँ जाँच्न जानै पर्ने हुन्छ ।

८. यदि कोही ५५ वर्षभन्दा माथिको छ र पहिलो पटक यो उमेरमा पुगेपछि टाउको दुखेको अनुभूति गरिरहेको छ भने पनि त्यो व्यक्तिलाई तत्काल अस्पताल लैजानु पर्ने हुन्छ ।

९. यदि टाउको दुखिरहँदा टाउकोको दुई भागमा अँठ्याउँदा झन् बढी टाउको दुख्छ भने अस्पताल जानु पर्ने हुन्छ ।

१०. यदि टाउको दुख्न थालेको केही दिन वा केही साता भइसकेको छ र यो झन्झन् बढ्दो छ भने तत्काल चिकित्सकहरुलाई देखाउनु पर्ने हुन्छ ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्