Logo
१८ बैशाख २०८१, मंगलबार
(June 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालबालिकालाई गर्मीबाट जोगाउन अपनाउनुहोस् यी उपाय

काठमाडौं :  गर्मीको मौसममा बालबालिकाहरु धेरै बिरामी हुने गर्छन् । उनीहरुको स्वास्थ्यमा अभिभावकले ध्यान दिएनन् भने विभिन्न प्रकारको समस्या देखिने बालरोग विशेषज्ञहरुले बताएका छन् । अभिभावकले उनीहरुको खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

कान्ति बाल अस्पतालका चिकित्सक डा. गणेश राईले जाडोमा जसरी बालबालिकालाई विभिन्न संक्रमण हुनबाट जोगाउँछौ ,त्यसरी नै गर्मीमा हेरचाह गनुपर्ने बताए ।

“बालबालिकालाई शरीरमा पानीको कमी हुन नदिन नरिवल पानी र फलफूल खुवाउनुपर्छ भने नवजात शिशुको हकमा नियमित स्तनपान गराउनुपर्ने, खानेकुरमा विशेष ध्यान र्पुयाउनुपर्छ । हलुका, सुपाच्य र ताजा भोजन खुवाउनुपर्छ,” उनले भने, “कतिपय अभिभावकले आफ्नो बालबालिकालाई गर्मी भयो भने पंखा वा एसीका सामु राख्ने गरेको पाइन्छ । तर त्यस्तो गर्दा उनीहरुको स्वास्थ्यमा विभिन्नमा समस्या आउँछ ।”

गर्मीमा बालबालिकालाई यसरी जोगाउन सकिन्छ :

१. बालबालिकालाई घामको समयमा घर बाहिर लैजाँदा छाता ओढाउने ।
२. बालबालिकालाई घामको अल्ट्राभ्वाइलेट किरणको नकारात्मक असरबाट जोगाउन सन प्रोटेक्सन क्रिम लगाइदिन सकिन्छ ।
३. बालबालिकाको शरीरमा पानीको मात्रा रहिरहनका लागि फलफूलको जुस, नरिवल पानी र फलफूल खुवाउने ।
४. नवजात शिशुलाई शरीरमा पानीको कमी हुन नदिन नियमित स्तनपान गराउने
५. गर्मीमा बालबालिकाको खानपिनमा विशेष ध्यान दिनुपर्छ । यो समयमा हलुका, सुपाच्य र ताजा भोजन खुवाउने ।
६. नवजात शिशुलाई बिहान ९ बजेअघि र बेलुका ६ बजेपछि मात्र घरमै राख्ने वा घर बाहिर लैजानुुपरेमा सूतीको शीतल हुने र पसिना कम आउने लुगा लगाइदिने ।
७. गर्मीमा नवजात बालबालिकालाई एसी वा पंखाको हावा शरीरमा सिधा पर्ने गरी नराख्ने ।
८. अभिभावकले घर बाहिरबाट आउँदा राम्रोसँग हात धोएर मात्र बालबालिका नजिक जाने ।
९. गर्मीमा नवजात शिशुलाई डाइपरका कारण एलर्जी हुने गर्छ । यो समयमा भरसक कपडाको न्याप्किन प्रयोग गर्नु राम्रो मानिन्छ ।

प्रकाशित मिति: Jun 21, 2019

प्रतिक्रिया दिनुहोस्