Logo
२ बैशाख २०८१, आईतबार
(June 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवैध सामान छुटाइदिन खोज्ने प्रहरी हवल्दारसहित ३ पक्राउ

सिरहा : रकमको ‘बार्गे्निङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित ३ जना पक्राउ परेका छन् ।

भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गे्निङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित ३ जनालाई पक्राउ परेका हुन् ।

सिरहाको गोलबजार नगरपालिका-४ निवासी रञ्जित साहले ज १ ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका-७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गे्निङ गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले प्रहरी हवल्दार अशोककुमार यादवसहित गाडी चालक शिवशंकर साह र रञ्जित साहलाई पक्राउ गरेको हो ।
ट्राफिक चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार यादवले जाँच गर्ने क्रममा भारतको जयनगरबाट लुकाइछिपाई ल्याइएको करीब ३ हजारभन्दा बढी मूल्य बराबरको सामान छुटाइदिन्छु भन्दै सो गाडी चालक साहसँग निज प्रहरी हवल्दार यादवले रकमको बार्गे्निङ गरिरहेको अवस्थामा तीनै जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए

प्रकाशित मिति: Jun 14, 2019

प्रतिक्रिया दिनुहोस्