Logo
६ जेष्ठ २०८१, आईतबार
(June 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमिताभ बच्चनको ट्वीटर ह्याकपश्चात् इमरानको तस्बिर पोस्ट हुँदा हंगामा

बलिउडका चर्चित नायक अमिताभ बच्चनको लोकप्रियता विश्वभर नै छ । बलिउडमा एउटा ठुलो खम्बाको रुपमा हेरिएका उनलाई निकै सम्मान र प्रशंसा मिल्ने गरेको छ । कमै मात्रामा बिवादमा आउने अमिताभ बच्चनको ट्वीटर अकाउन्ट वास्तवमा ह्याक भएको हो ।

उनको प्रोफाइलमा पाकिस्तानको प्रधानमन्त्री इमरानको तस्बिर देखिएपछि यसले खुबै हंगामा मच्चियो । करिश्मरको पुलवामा आक्रमणपछि भारत र पाकिस्तानबीचको सम्बन्ध बिग्रिरहेको बेला अमिताभको ट्वीटरमा अकस्मात इमरानको तस्बिर पोस्ट भएपछि त्यसले चर्चा नकमाउने त कुरै भएन ।

सोमबार राती ह्याकरले उनको ट्वीटर ह्याक गरेको हो । ह्याक भने पाकिस्तान सर्मथित टर्कीका टर्किश साइबर आर्मी अयिल्दिज़ टिमु ले यसको जिम्मेवारी लिएको छ । ह्याक गरेसंगै उनीहरुले टर्की र पाकिस्तानसंग सम्बन्ध सन्देश पनि पोस्ट गरिएको छ ।

ट्वीटरमा अमिताभ बच्चन निकै सक्रिय छन् । जहाँ उनको ३.७४ करोड फलोअर्स रहेका छन् । अकाउन्ट ह्याक भएपछि उनको अकाउन्ट रिकभर गरिएको छ भने ह्याकरले पोस्ट गरेको ट्वीट पनि हटाईएको छ ।

प्रकाशित मिति: Jun 11, 2019

प्रतिक्रिया दिनुहोस्