Logo
६ जेष्ठ २०८१, आईतबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

न्यूजिल्याण्डले कायमै राख्यो आफ्नो विजयी यात्रा

काठमाडौं : इङ्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो जित हात पारेको छ ।

गएराति भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले आफ्नो शतप्रतिशत विजयी यात्रा कायम राखेको हो ।

अफगानिस्तानले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ३२ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा गर्‍यो । उसका लागि कप्तान केन विलियाम्सनले अविजित ७९ रन बनाउँदा रोस टेलरले ४८ रनको योगदान दिए ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्