Logo
५ जेष्ठ २०८१, शनिबार
(June 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहापाइराख्नुहोस् : हिप दुखाइ के हो र साथै यसका कारणहरु

हिपको दुखाइ धेरैको समस्या हो । केटा होस् या केटी सबै हिप दुखाईको समस्यामा पारेको हुन्छ । तर, यस्तो दुखाइलाई सामान्य रूपमा लिनु हुँदैन । किनकि, यसले जटिल समस्या पनि सिर्जना गर्न सक्छ । हिप दुखाइलाई बेवास्ता गर्दा खुट्टा गुम्ने तथा एउटा हर नै नचल्नेसमेत हुन्छ । त्यसैले यसबारे सचेत हुन आवश्यक छ ।

यसकारण दुख्छ हिप :

-हिपको जोइन्ट (बल एन्ड सर्केट जोइन्ट) मा तरल पदार्थ हुन्छ । जसले बडी मुभमेन्टमा सहयोगी भूमिका खेल्छ । हिपमा कैयौँ प्रकारका लिगामेन्ट पनि हुन्छन् । लिगामेन्टले नै नली र नसालाई परिचालन गर्छ । त्यसैले लिगामेन्टमा देखिएको समस्याले हिपमा असर पुग्छ र दुख्छ ।

-हिप विभिन्न प्रकृतिका हुन्छन् । एउटा समस्या छोटो समय दुख्ने हुन्छ र अर्को लामो समयसम्म । हिपमा एक प्रकारको तरल पदार्थको थैली हुन्छ र त्यसमा संक्रमण भएको खण्डमा पनि हिपको दुखाइ सहनुपर्ने हुन्छ । हिपको जोर्नी पोइन्ट हड्डीमा बाथरोग हुँदा पनि हिप दुखाइको समस्या झेल्नुपर्ने हुन्छ ।

-हिपमा हुने चोटपटकका कारण पनि दुखाइबाट ग्रसित हुनुपर्छ । चोटपटकका कारण हिपको हड्डीमा इन्फेक्सन हुन सक्छ र दुखाइ महसुस हुन्छ ।

-हिपमा हुने नसाका कारण पनि हिप दुखाइको पीडा भोग्नुपर्ने हुन्छ । नसामा हुने चोटपटकले मांसपेशीमा दबाब पर्न जान्छ र रगत जम्छ । अनि हिपको दुखाइ हुन्छ ।

-हिप दुखाइको समयमै उपचार नगरेमा शरीरको एक भाग नै नचल्ने समस्या हुन्छ । यसको समस्या खुट्टासमेत गुमाउनुपर्ने अवस्था आउन सक्छ ।

प्रकाशित मिति: Jun 7, 2019

प्रतिक्रिया दिनुहोस्