Logo
१२ श्रावण २०८१, शनिबार
(June 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लागूऔषधसहित १ जना प्रहरी हिरासतमा

मकवानपुर :  लागूऔषध खैरो हेरोइनसहित प्रहरीले एक जनालाई हेटौँडा उपमहानगरपालिका-१ बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–११ का ३१ वर्षीय मिलन परियार रहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले शङ्कास्पद रुपमा हिँडिरहेका परियारलाई चेकजाँच गर्दा उनले लगाएको पाइन्टको खल्तीभित्र सुर्तीको प्याकेटमा लुकाई छिपाई राखेको लागुऔषध खैरो हेरोइन ७ ग्राम बरामद गरेको हो । पक्राउ परेका परियारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 5, 2019

प्रतिक्रिया दिनुहोस्