Logo
६ जेष्ठ २०८१, आईतबार
(June 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो जीतको खोजीमा श्रीलंका आज अफगानिस्तानसँग भिड्दै

वेल्स :  एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) श्रीलंका र अफगानिस्तानले प्रतिस्पर्धा गर्दैछन् । वेल्सको कार्डिफ स्टेडियममा हुने दुई देशबीचको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यसअघि १-१ खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्यहोरेका छन् । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिँदैछन् ।

विश्वकपमा राम्रो शुरुवात गर्न नसकेको श्रीलंकाले पहिलो खेल १० विकेटले न्युजिल्यान्डलाई सुम्पिएको थियो । पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ ।

यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो । तर, श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।

प्रकाशित मिति: Jun 4, 2019

प्रतिक्रिया दिनुहोस्