Logo
६ जेष्ठ २०८१, आईतबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कतार विश्वकप छनोट : नेपाल आज मलेसियासँग भिड्दै

नेपाली राष्ट्रिय फुटबल टोलीले आज (आइतबार) बेलुका मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले मलेसियासँग उसैको मैदानमा साँझ ८ः०० बजे मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

कतार विश्वकप छनोटको तयारीका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई मैत्री खेलमा सहभागी गराउन थालेको हो । नेपाल र मलेसियाबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

फिफा बरियतामा नेपाल मलेसियाभन्दा माथि छ । तर, मलेसियाको प्राविधिक पक्ष राम्रो छ । वरियतामा नेपाल १ सय ६१औं स्थानमा छ भने मलेसिया एक सय ६८ औं स्थानमा छ ।

मलेसियासँगको खेलपछि नेपालले चाईनिज ताईपेईंसँग यही जुन ६ तारिख मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोली मलेसियाबाट सिधै चाईनिज ताईपेईं जानेछ ।

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्