Logo
६ जेष्ठ २०८१, आईतबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप क्रिकेट : अफगानिस्तानलाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले गर्यो शानदार सुरुवात

आईसीसी विश्वकप क्रिकेटअन्तर्गत शनिबार भएको दोस्रो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराउँदै विश्वकपमा शानदार सुरुवात गरेको छ।

ब्रिस्टोलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ३८.२ ओभरमा २०७ रनमा समेटियो। उसका लागि नाजिबउल्लाह जादरानले ५१ रन बनाए भने रहमत शाहले ४३ रन जोडे। त्यस्तै कप्तान गुल्बदीन नाइबले ३१ रन बनाई आउट भए भने राशिद खानले २७ रन बनाउनबाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन। अष्ट्रेलियाका लागि एडम जाम्पा र प्याट कुमिन्सले समान ३-३ विकेट लिए भने मार्कस स्टोइनिसले २ विकेट लिँदा मिचेल स्टार्कको भागमा १ विकेट रह्यो।

२०८ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले ३४.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसका लागि डेभिड वार्नर ८९ रनमा अविजित रहे भने कप्तान एरोन फिन्चले ६६ रन बनाए । त्यस्तै स्टिभ स्मिथले १८ रन बनाई आउट भए भने उस्मान खवाजाले १५ रन जोडे। खेलको ‘म्यान अफ दी म्याच’ डेभिड वार्नर भए ।

 

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्