Logo
६ बैशाख २०८१, बिहीबार
(May 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेनाको प्रमुख सेनानी कार्की बर्खास्त

काठमाडौं :  नेपाली सेनाको प्रमुख सेनानी केशवराज कार्की बर्खास्त भएका छन् । उदयपुरस्थित कालिसिद्धी गणमा प्रमुख सेनानीका रुपमा कार्यरत कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्त भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

आर्थिक अनियमितता गरेको उजुरीपछि जनरल समरी सैनिक अदालतले उनलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरी ३ महिना कैद र अनियमितता भए विगोबमोजिमको जरिवाना समेत तिर्न आदेश गरेको हो । कार्कीलाई केन्द्रीय कारागार चलान गरिएको छ ।

कार्की कालिसिद्धी गणमा रहँदा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितताभन्दै वैशाख पहिलो साता उजुरी परेको थियो । उजुरीपछि गठन भएको ‘कोर्ट अफ इन्क्वाइरी’ले प्रमुख सेनानी कार्कीमाथि ‘कोर्ट मार्सल’ का लागि सिफारिस गरेको थियो । जसको आधारमा २३ वैशाखमा समरी जनरल सैनिक अदालत गठन भएको थियो । कार्कीले समरी अदालतको आदेश चित्त नबुझे विशेष अदालतमा पुनरावेदन दिनसक्ने व्यवस्था छ ।

प्रकाशित मिति: May 25, 2019

प्रतिक्रिया दिनुहोस्