Logo
१२ श्रावण २०८१, शनिबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी नागरिक सहित अन्तर्राष्ट्रिय विमानस्थलबाट नक्कली भारु नोटसहित युनुस अन्सारी पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौं नक्कली भारु नोटसहित पाकिस्तानका पूर्वमन्त्री सली मियाँका छोरा युनुस अन्सारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा युनुस अन्सारीसहित पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर छन् ।

पाकिस्तानबाट दोहा हुँदै कतार एयरवेजबाट काठमाडौं आएका युनुसका साथबाट प्रहरी उक्त नक्कली नोट बरामद गरेको हो । उनले ल्याएको चारवटा सुटकेशमा सो नोट बरामद गरिएको विमानस्थल प्रहरीका एसपी कृष्ण कोइराला जानकारी दिए ।

विमानस्थल प्रहरीका एसपी कोइराला भने, ‘भन्सार जाँच गर्ने क्रममा सुटकेशमा भारु नोट भेटिएको थियो । जाँचबुझ गर्दा ती नोटहरु नक्कली भएको पाइयो ।

उनीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तानी नागरिक पनि छन् । यसअघि पनि पटक-पटक नक्कली भारु कारोबारमा रंगेहात पक्राउ परेका युनुस केही समयअघि मात्र जेलबाट छुटेका थिए । उनी जेलबाट छुट्नासाथ पाकिस्तान गएका थिए ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्