Logo
१२ श्रावण २०८१, शनिबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नापी कार्यालय साँखुका सर्वेक्षक घुससहित पक्राउ

काठमाडौं : नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई एक लाख ५० हजार घुससहित पक्राउ गरेको हो ।

बिहीबार उक्त घुस रकम सहित बिहीबार कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले शुक्रबार जानकारी दिए ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्