Logo
१२ श्रावण २०८१, शनिबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मृतक ज्वाइँमाथि नै बढ्यो शङ्का : झुण्डिएको स्थान नजिकै भेटियो रगत लतपतिएको खुकुरी

पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला पर्यो ।

शव थियो मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई मानबहादुर माखिमको । माखिम झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहकि हत्यामा माखिमको नै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

यस्तै माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरले घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जानकारी दिए ।

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्