Logo
२५ बैशाख २०८१, मंगलबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय फुटबल टोलीको घोषणा

 

 

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेको छ । राष्ट्रिय टोलीका स्विडिस मुख्य प्रशिक्षक योहान कालिनले सोमबार विराज महर्जनको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

प्रशिक्षक कालिनले दुई साताको प्रारम्भिक चरणको प्रशिक्षणपछि एकैपटक २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रारम्भिक चरणमा ४२ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो ।

२३ सदस्यीय टोलीमा अभिषेक रिजालले पहिलोपटक स्थान बनाउन सफल हुँदा उपकप्तान भरत खवास र विमल घर्तीमगर, मिडफिल्डर हेमन गुरुङ र गोलरक्षक विशाल श्रेष्ठले टोलीमा स्थान बनाउन सकेनन् । यस्तै, कमल श्रेष्ठ, दिनेश राजवंशी र अस्ट्रेलियामा व्यावसायिक फुटबल खेलिरहेका जगजित श्रेष्ठले टोलीमा स्थान बनाउन सकेनन् ।

नेपालले मलेसिया र चाइनिज ताइपेइसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले मलेसियासँग २ जुनमा क्वालालम्पुरमा र ६ जुनमा ताइवानसँग ताइवानमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपालले सन् २०२२ को विश्वकपको दोस्रो चरणको खेलको तयारीस्वरूप दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छ ।

टोलीका प्रशिक्षक योहान कालिनले टिम छनोट निकै टफ भएको र केही खेलाडीहरू पूर्ण रूपमा फिट नभएका कारण टोलीमा पर्न नसकेको बताएका छन् । विमल, हेमन र भरत गत साता विश्राममा रहेर पछिल्लो केही दिन हल्का प्रशिक्षणमा सामेल भएका थिए ।

‘विमल, भरत र हेमन पूर्ण रूपमा फिट थिएनन् । हामीले दुई महŒवपूर्ण खेल खेल्दै छौं । उचित विकल्प रहेकाले उनीहरूलाई विश्राम दिएका हौं ।’ प्रशिक्षक कालिनले भने, ‘पछिल्लो खेलबाट युवा खेलाडीहरू पनि समावेश भएपछि प्रशिक्षण निकै राम्रो टफ बनेको थियो । हामी दीर्घकालीन रूपमा टोली तयार पार्ने योजनमा छौं । केही नयाँ खेलाडीको आगमनले यसमा सहयोग पुगेको छ ।’

 

नेपाली टोली

गोलरक्षक – किरण चेम्जोङ, एलन न्यौपाने र विकेश कुथु डिफेन्डर – विराज महर्जन (कप्तान), सरोज दाहाल, रेजिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ र रवि सिलवाल मिडफिल्ड र फरवार्ड – सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्