Logo
१२ श्रावण २०८१, शनिबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी डलरसहित भारतीय महिला विमानस्थलबाट पक्राउ

काठमाडौं : १ लाख अवैध अमेरिकी डलरसहित एक भारतीय महिलालाई विमानस्थलबाट पक्राउ परेको छ ।

शुक्रबार नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भनिने बन्दना घनश्याम सोनीलाई प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँचको क्रममा उनको साथबाट अवैध अमेरिकी डलर १०० दरको एक हजार थान भेटिएपछि नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता नारायण रञ्जितकारले जानकारी दिए ।

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्