Logo
१२ श्रावण २०८१, शनिबार
(May 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ महिने शिशुलाई लगाईयो जिउँदै आगो, आमाबुवा पक्राउ

सांकेतिक तस्बिर

दार्चुला : व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै शिशुको हत्या गरेका छन् ।

बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर) मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनभयो ।

सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ ।

राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिनुभयो । हत्या गर्नाको कारण खुलाइएको छैन ।

प्रकाशित मिति: May 10, 2019

प्रतिक्रिया दिनुहोस्