Logo
२४ बैशाख २०८१, सोमबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायती नयाँ शाही सदस्यको गरियो नामकरण : ह्यारीले आफ्नो पुत्रको नाम राखे ‘आर्ची’

बेलायत :  बेलायती राजपरिवारमा गत सोमबार आगमन भएको शिशुको नाम ‘आर्ची’ राखिएको छ । बेलायती राजकुमार ड्युक अफ ससेक्स ह्यारी तथा डचेस अफ ससेक्स मेगनले गत सोमबार जन्म दिएको शिशुको नाम ‘आर्ची’ राखिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अब ती शिशुको पूरा नाम आर्ची ह्यारिसन माउण्टबटेन विण्डसर हुनेछ । बेलायती महारानी एलिजाबेथ तथा उनका पति ड्युक अफ एडिनबर्गले विण्डसर दरबारमा शिशुलाई हेरेपछि नाम तय गरिएको हो ।

यसअघि राजकुमार तथा राजकुमारीले शिशुलाई विण्डसर दरबारमा पहिलोपटक सञ्चारमाध्यमसमक्ष सार्वजनिक गरेका थिए । गत सोमबार बिहान ५ बजेर २६ मिनेटमा जन्मेको शिशु तथा आमा दुबै स्वस्थ रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्