Logo
६ जेष्ठ २०८१, आईतबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के अमेरिका – इरानबीच युद्ध हुन लागेकै हो ?

बीबीसी :  अमेरिकाले इरानलाई ‘स्पष्ट र सीधा’ सन्देश दिनका लागि मध्यपूर्वमा आफ्नो एउटा युद्धपोत राखेको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन भन्छन्, ‘‘ट्रम्प प्रशासनले यो फैसला कतिपय तनाव जन्माउने र उक्साउने खालका सङ्केत तथा चेतावनीको जवाफमा गरेको हो ।’’

एक अमेरिकी अधिकारीका अनुसार मध्यपूर्वस्थित अमेरिकी सुरक्षाबल रहेको स्थानमा हमलाबारे आशङ्का जन्मिरहेका कारण अमेरिकाले यस्तो कदम चालेको हो । कुनै पनि प्रकारको हमलाको प्रत्युत्तर अमेरिकाले जोडतोडले दिने बोल्टनको भनाइ छ । ‘‘अमेरिका युएसएस अब्राहम लिङ्कन क्यारियर स्ट्राइक गु्रप तथा एक बम्बर टास्क फोर्सलाई अमेरिकाको सेन्ट्रल कमान्ड क्षेत्रमा पठाउँदैछ ।

हामी यस्तो काम इरानी शासनलाई एउटा स्पष्ट र सीधा सन्देश दिनका लागि गरिरहेका छौं,’’ उनले भने, ‘‘हाम्रो सन्देश के हो भने, इरानले अमेरिका तथा उसका सहयोगीमाथि कुनै पनि खालको हमला गर्यो भने हामी त्यसको कडा ढङ्गमा जवाफ दिनेछौं ।’’ अमेरिका कहिल्यै इरानसँग युद्ध गर्न नचाहने, तर कुनै पनि प्रकारको हमलाको प्रतिरोधका निम्ति पूर्णतयारीमा भने बस्ने बोल्टनको भनाइ छ । ‘‘चाहे त्यो इस्लामिक रिभोल्युसनरी गार्ड्स होस् चाहे इरानी सेनाद्वारा गरिएको छद्मयुद्ध नै किन नहोस्,’’ उनले भने ।

यसअघि नै अमेरिकाले इरानको एलिट रिभोल्युसनी गार्डलाई ‘विदेशी आतङ्कवादी सङ्गठन’ नाम दिइसकेको छ ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्