Logo
१२ श्रावण २०८१, शनिबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुतिरहेका ३ जनालाई नियन्त्रणमा लिएर ६ लाखभन्दा बढीको धनमाल लुटियो

जनकपुर : महोत्तरीको जलेश्वरमा एक लुटेरा समुहले ६ लाख रुपैयाँ लुटपाट गरि फरार भएको छ ।

जलेश्वर नगरपालिका वडा नम्बर १० सारीगाउँमा आईतबार लुटेराहरुको एक समूहले लुटपाट गरेको हो । मास्कले मुक छोपेका लुटेराहरुले स्थानीय नविन ठाकुरको घरबाट ६ लाखभन्दा बढीको धनमाल लुटेको छ ।

७ जनाको समूहमा आएका लुटेराले सुनचाँदीका गरगहना र नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार ठाकुरको एकतले घरमा रहेको झ्यालको रड तोडेर घरभित्र प्रवेश गरी लुटेराहरुले सुतिरहेका ३ जनालाई नियन्त्रणमा लिएर लुटपाट गरेको थियो ।

ठाकुरको घरबाट सुनचाँदीका गरगहना र नगद गरी ५ लाख ६९ हजार बराबरको धनमाल लुटेर लगेको जिप्रका महोत्तरीले जनाएको छ । यता प्रहरीले लुटेराहरुको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्