Logo
२ जेष्ठ २०८१, बुधबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन आउँछ डकार ? जानीराखौँ यसका कारण र बच्ने उपाय

काठमाडौँ :  सामान्यतः खाना खाइसकेपछि डकार आउनुलाई खाना पच्ने संकेत मानिन्छ । तर घरीघरी (छिन छिनमा) डकार आउनु स्वास्थ्यमा कुनै समस्या भएको संकेत पनि हुन सक्छ ।

यसरी छिनछिनमा डकार आउनु स्वास्थ्यका दृष्टिले राम्रो मानिदैन । यो कुनै रोग लाग्नुको संकेत पनि हुन सक्छ । डकार आउनाले एसिड रिफ्लेक्सन, एसिडिटी र कैयौं गम्भीर समस्या हुन सक्छन् । त्यसैले डकारलाई सामान्य रूपमा लिनु हुँदैन । यसले के संकेत गर्दैछ भन्नेमा ध्यान दिनुपर्छ ।

जब जम्मा भएको हावा पेटबाट भोजन नलीमा आउँछ तब एक किसिमको कम्पन हुन थाल्छ । जुन मुखबाट बाहिर निस्किन खोज्छ र निस्किदा आवाज आउँछ । यदि पेटको हावा बाहिर निस्किदा कम्पन नहुँदा आवाज पनि निस्किँदैन ।

यसका कारण यस्ता छन् :

  • कुनै मान्छेलाई अल्सर भएको छ भने पनि घरीघरी डकार आउँछ । यस्तो अवस्थामा छातीमा पीडा महसुस हुन सक्छ ।
  • सानो आन्द्रामा ब्याक्टेरिया बढ्नाले भनि लगातार डकार आउने समस्या सुरु हुन्छ । ब्याक्टेरियाका कारण ‘ड्यूडेनम’ (सानो आन्द्राको एक भाग) पनि प्रभाव पर्छ । यसले गर्दा लगातार डकार आउने समस्या हुन्छ । यस्तो अवस्थामा समय समयमा पेट जचाउँदा राम्रो ।
  • कुनै कुनै मान्छेको छिटो छिटो र ठुल्ठुलो गाँस खाना खाने गर्छन् । यसको असर सोझै पाचनमा पर्छ ।
  • खाने बेला र हाइ गर्दा मुख खोल्दा मुखभित्र हावा पस्ने गर्छ । धेरै पटक यस्तो गर्दा डकार आउने गर्छ ।
  • पेट खाली हुँदा खाली ठाउँमा हावा भरिन्छ । यो हावा डकारको रुपमा निस्किने कोसिस गर्छ ।
  • कार्बोनेटेडक्स, जंक फूड, गोभी, केराउ, दाल जस्ता खानाले पेटमा ग्यास बनाउने गर्छ । प्रायः यी खानेकुरा खाएपछि डकार आउने गर्छ ।
  • स्मोकिङ गर्नेहरु चुरोटको धुवाँसँगै एकैपटक धेरै हावा भित्र तान्ने गर्छन् । त्यही हावा डकारका रुपमा बाहिर निकिन्छ ।

बच्न यसो गरौं :

  • मुख बन्द गरेर खाना चपाउने र खाने बेलामा कुरा गर्नुहुँदैन ।
  • पानी, चिया वा अन्य अनकार्बोनेटेड पेयपदार्थ पिउनुपर्छ । कोर्बोनेटेड पेय पदार्थमा कार्बन डाइ अक्साइड ग्यास हुन्छ ।
  • आहारमा ग्यास बनाउने खालका खाना कम भन्दा कम खानुपर्छ । जस्तै दाल, ब्रोकाउली, बन्द गोभी, काउली, सला, प्याज, चकलेट, नाशपाती आदि । यिनको पाचन क्रममा ग्यास बन्छ जसले गर्दा डकार आउने गर्छ ।
  • खाना खानुभन्दा पहिले अदुवाको धुलो वा एक टुक्रा चपाएर खानाले डकार रोक्न सकिन्छ । यसका लागि अदुवा वा महको चिया पनि पिउन सकिन्छ ।
  • एक गिलास कागती पानी तथा सोडा मिलाएर पिउनुपर्छ । यसले डकार आउने समस्यालाई तुरुन्त रोक्छ ।
  • यसले पाचन प्रक्रियामा पनि सघाउँछ । मेवाको खाएर पनि यस्तो समस्यालाई रोक्न सकिन्छ । यसलाई सधै खाँदा झनै राम्रो ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्