Logo
६ जेष्ठ २०८१, आईतबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोनाल्डोले किने संसारकै सबैभन्दा महँगो कार

रोम : फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महंगो कार किनेका छन् ।

उनले बुगाती कम्पनीको बुगाती ला वोइतुर नोइरे कार खरिद गरेको स्पेनिश स्पोट्र्स डेली मार्काले जनाएको हो ।

मार्काको अनुसार उक्त कारको मालिका पोर्तुगलका फुटबल खेलाडी हुन्, जो इटालियन लिग सिरी एमा युभेन्ट्सबाट खेल्दै आएका छन् ।

उनले खरिद गरेको कारको मूल्य ८६ करोड भारतीय रुपियाँ पर्छ । यो कार २०२१ मा मात्र लन्च गरिने बताइएको छ । बुगाती ला वोइतूर नोइरे २६० माइलप्रति घण्टा कुद्छ ।

यद्यपि, बगाती कम्पनीले कार खरिद गर्ने व्यक्तिको नाम गोप्य राखेको छ ।

डेली मेलको रिपोर्टका अनुसार रोनाल्डोले पहिलोपटक यसैवर्ष जेनेवा मोटर शोमा प्रर्दशन गरिएको यो कार खरिद गर्नको लागि १.१ करोड यूरो खर्च गरेका थिए । खबरका अनुसार यो कार २०२१ मा मात्रै रोनाल्डोले पाउँनेछन् । किनकी यो कम्पनीको नमुनामा अझै केहि भागको अन्तिम रुप दिन बाँकी छ ।

बुगातीको यस कारको डिजाइन सन् १९३६ / १९३८ मा बनेको एससी ५७ अटलान्टिकको मोडल जस्तै छ ।

बुगाती वोइतूर नोइरेमा ८.० लिटर टर्बोचाज्र्ड डब्ल्यू-१६ को इन्जिन प्रयोग गरिएको छ ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्