Logo
६ जेष्ठ २०८१, आईतबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चेन्नईद्वारा दिल्ली ८० रनले पराजित, १६.२ ओभरमा गुमाए सवै विकेट

एजेन्सी :  इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष टोली चेन्नई सुपर किंग्सले नेपालका सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको छ ।

चेन्नईस्थित चिदमबरम क्रिकेट स्टेडियममा बुधबार राति भएको खेलमा चेन्नईले दिएको १ सय ८० रनको विजय लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा सवै विकेट गुमाएर ९९ रनमा समेटिएको थियो । यस खेलमा दिल्लीले सन्दीपलाई खेलाएन ।

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४४ रन बनाए । शिखर धवनले १९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्ने सकेनन् । दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका इमरान ताहिरले ४ विकेट लिए । रबिन्द्र जडेजाले ३ विकेट लिए । हरभजन सिंह र दिपक चाहरले १-१ विकेट झारेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ खेले । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४४ रन बनाए । फाप डु प्लेसिसले ३९ र रविन्द्र जडेजाले २५ रन बनाए ।

बलिङमा दिल्लीका जगदीश सुचितले २ तथा क्रिस मोरिस र अक्षर पटेलले १-१विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले १३ खेलबाट १८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको दिल्लीको १६ अंक छ । यी दुवै टोली प्ले अफमा पुगिसकेका छन् ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्