Logo
२४ बैशाख २०८१, सोमबार
(April 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ युवामा आखाँको समस्या देखिने क्रम बढ्दो

बेइजिङ  :  चीनका आधाभन्दा बढी बालबालिका र किशोर किशोरीहरुमा नजिक देख्ने तर टाढा नदेख्ने समस्या रहेको पाइएको छ ।

राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सन् २०१८ मा यस्तो समस्या भएका बालबालिका तथा किशोरकिशोरीहरुको संख्या ५३।६ प्रतिशत पुगेको छ । पछिल्ला केही बर्षमा बाल्यावस्था तथा किशोरावस्थामै आखाँको समस्या देखिने क्रम बढेको आयोगका एक जना उच्च अधिकारी झाङ योङले पत्रकारहरुलाई बताए ।

उनीहरुले ६ ‘डायोप्टर’ भन्दा बढी क्षमताको चश्मा लगाउने गरेका छन् । आँखाको समस्या भएका उनीहरुमध्ये धेरै प्रतिशतले उच्च माविमा अध्ययनरत रहेका छन् ।

टाढा हेर्ने र घर बाहिर हेर्ने अभ्यास कम हुनु, पर्याप्त ननिदाउनु, घर भित्रका र नजिक मात्रै हेरेर गर्ने काम धेरै गर्नु, विद्युतीय सामग्रीहरुमा धेरै समय आखाँ राखिरहनु लगायतका कारणले बालबालिका तथा किशोरकिशोरीहरुमा आँखाको समस्या बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । (रासस/सिन्ह्वा)

प्रकाशित मिति: Apr 30, 2019

प्रतिक्रिया दिनुहोस्