Logo
२४ बैशाख २०८१, सोमबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको निर्माण साइटमा दुर्घटना हुँदा ११ जनाको मृत्यु, २ जना गम्भीर घाइते

शिजिआजुआङ : उत्तरी चीनको हुबे प्रान्तमा बिहीबार बिहान भएको एक दुर्घटनामा परी कम्तीमा ११ जना कामदारको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहले जानकारी दिएका छन् ।

निर्माण कार्यमा प्रयोग भइरहेको इलिभेटर भत्किदाँ मजदूरहरु हताहत भएका थिए । हेङ्गसइ शहरको ताआचेङ जिल्लामा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । (सिन्ह्वा)

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्