Logo
१९ बैशाख २०८१, बुधबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सान्जेन र रसुवागढीको सेयर भर्ने समय थपियो, १२ गतेसम्म आवेदन दिन सक्ने

काठमाडौं :  सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाईड्रोपावर कम्पनीको सेयरमा आवेदन दिने समयावधि २ दिन थप भएको छ ।

सिडिएससिको सफ्टवेयरमा आएको समस्याका कारण समय थपेको दुवै कम्पनीले जनाएका छन् । सिडिएससिको सफ्टवेयरमा आएको समस्याका कारण लगानीकर्ताहरुले धितोपत्र बोर्डमा सेयर भर्न नपाएको भनी गुनासो गरेपछि बोर्डको निर्देशन बमोजिम २ दिन समय थपेको बताइएको छ ।

सान्जेनले प्रति कित्ता १ सय रुपैयाँका दरले ५४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ ।

यस्तै रसुवागढीले प्रति कित्ता १ सय रुपैयाँका दरले १ करोड २ लाख ६३ हजार १५० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ । दुवै कम्पनीले वैशाख ६ गतेदेखि १० गतेसम्म आवेदन खुला गरेका थिए ।

अब लगानीकर्ताहरुले भोली (१२) गतेसम्म आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्