Logo
५ जेष्ठ २०८२, आईतबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस त्यागेकी प्रियङ्का चर्तुवेदी शिवसेनामा प्रवेश

अखील भारतीय काँग्रेस (आएनसी) परित्याग गरेकी प्रियङ्का चर्तुवेदी शिवसेना पार्टीमा प्रवेश गरेकी छन् । शुक्रवार मात्र उनले काँग्रेस परित्याग गरेकी थिइन् । दुई दिनअघि मात्र उनले आफूमाथि दुर्व्यवहार गर्ने उत्तर प्रदेशका पार्टी कार्यकर्तालाई पार्टीमा पुनःस्थापित गरेकोमा आपत्ति जनाएकी थिइन् ।

शिवसेना नेता संजय राउतका अनुसार चतुर्वेदीलाई पार्टीमा उच्च सम्मान दिइनेछ भने उनको पदबारे एउटा बेठकपछि मात्र केहि खुलासा हुनेछन् । केही महिना अघि प्रियङ्का मथुरा पुग्दा उनले त्यहाँबाट चुनाव लड्ने तयारी गरेको भन्दै केही पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका थिए । त्यहाँबाट फर्केपछि उनले यसबारे पार्टी हाईकमाण्डमा उजुरी गरेकी थिइन् । उजुरीपछि ती कार्यकर्ता निलम्बित गरिएका थिए ।

तर, उत्तर प्रदेशका लागि काँग्रेसका महासचिव ज्यार्तिआदित्य स्किन्डियाले हस्तक्षेप गरेपछि उनीहरुलाई पुनःस्थापित गरिएको थियो । आगामी दिनमा यस्तो घटना नदोहोर्याउने प्रतिबद्धतासहित उनीलाई माफी दिएको थियो ।

बुधबार प्रियङ्काले पार्टीका लागि रगत र पसिना बगाउने भन्दा ‘गुण्डा’हरुले प्राथमिकता पाउन थालेको भन्दै ट्वीट गरेकी थिइन् । शुक्रबार ट्वीटर ह्याण्डलबाट पार्टी प्रवक्ता हटाउँदै पार्टी परित्याग गरिन् ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्