लाजिम्पाटबाट ५० केजी गाँजासहित २ जना पक्राउमा
काठमाडौं : मंगलबार साँझ लाजिम्पाटबाट ५० केजी गाँजासहित २ जना पक्राउमा परेका छन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठ रहेका छन् ।
पत्रकार सम्मेलनमार्फत उनीहरुलाई आज परिसरले सार्वजनिक गर्ने तयारी गरेको छ । लाजिम्पाट क्षेत्रमा गाँजाको व्यापार हुन्छ भन्ने गोप्य सूचनाकै आधारमा प्रहरीले छापा मारेको हो र यसअघि पनि उक्त क्षेत्रको विभिन्न ठाउँमा छापा मार्दै आएको थियो ।