ट्रयाक्टरसहित अवैध काठ बरामद
लहान : सिरहाको जिल्ला सदरमुकाम रहेको सिरहा नगरपालिका-६ बाट प्रहरीले मंगलबार साँझ ट्रयाक्टरसहित अवैध काठ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका-६ बसबिट्टा गाउँको भित्री सडकमा चेकजाँच गर्ने क्रममा ना. ४ त ३६९८ नम्बको ट्रयाक्टरम आधिकारिक कागजात नभएको सिसौ र सिरिसको २६ थान काठसहित ट्रयाक्टर बरामद गरेको हो ।
बरामद गरिएको ट्रयाक्टर र काठ कारबाहीका लागि लहानस्थित डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ।