Logo
१८ बैशाख २०८१, मंगलबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यक्तिगत कारण देखाउँदै अधिकारकर्मी डा. रेणुले योजना आयोगको सदस्य बन्न गरिन् अस्वीकार

काठमाडौं : प्रदेश ३ सरकारको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएकी महिला अधिकारकर्मी डा.रेणु अधिकारीले उक्त पदमा अस्वीकार गरेकी छन् ।

अधिकारीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दे उक्त पद अस्वीकार गरेको बताएकी हुन् । गत सात प्रदेश ३ सरकारले अधिकारीलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । अधिकारकर्मी अधिकारी व्यक्तिगत कारण देखाउँदै उक्त पदमा आफू बस्न नसक्ने बताएकी हुन् ।

उनले आफू अन्य कार्यमा व्यस्त रहनुपर्ने भएकाले प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने जानकारी प्रदेश सरकारलाई गराएको पनि उनले बताएकी छन् । मैले यहाँहरूलाई दुःखका साथ भन्नु पर्दछ। मैले मेरो आफ्नै कारणले यो पद लिन नसक्ने प्रदेश तीन सरकारलाई जानकारी गराउन बाध्य भएकी छुु उनले फेसबुकमा लेखेकी छन्, मेरा बारेमा धेरै टीका टिप्पणी हुन्छन होला तर त्यसले मलाई त्यति असर पर्दैन । त्यसैले कृपया मलाई बुझ्ने कोशिश गरी दिनु होला र मलाई मैले उक्त पद लिन नसकेकोमा माफ गरी दिनु होला ।

गत हप्ता मुख्यमन्त्री डोरमणि पौडेललको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारी र डा। रामचन्द्र ढकाललाई सदस्यमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्