Logo
२४ बैशाख २०८१, सोमबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२औँ विश्वकप फुटसलमा नेपाल ३ खेलमै पराजित

काठमाडौँ :  अर्जेन्टिनामा जारी १२औँ संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ। समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो। नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए।

यो हारसँगै नेपाल समूह ‘डी’ मा जितविहीन बनेको छ। यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग २-१ गोल अन्तरले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा फ्रान्ससँग ३-२ गोल अन्तरले पराजित भएको थियो।

नेपालले विश्वकपमा वाइल्ड कार्डबाट सहभागिता जनाएको हो। नेपालको समूहबाट क्याटलोनिया र फ्रान्स क्वाटरफाइलमा प्रवेश गरेका छन्। ३ खेलमा पराजित नेपाली टोली शुक्रबार स्वदेश फर्कंदै छ। १२औँ संस्करणको विश्वकप फुटसलमा सहभागी हुन नेपाली टोली यही चैत १४ गते त्यसतर्फ गएको थियो।

समीर कार्कीको कप्तानीमा विश्वकप खेल्ने १२ सदस्यीय नेपाली टोलीमा दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, दीपेन्द्र रसाइली, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेशमान श्रेष्ठ र सञ्जीव तामाङ रहेका छन्।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्