Logo
१९ बैशाख २०८१, बुधबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी सुविधाहरुका साथ चौधरी ग्रुपले ल्यायो सिजी लाइफसेलले विप एप

काठमाडौं : मोबाईल प्रयोगकर्ताहरुका लागि सूचना सम्प्रेषणमा सहजता ल्याउने उद्देश्यले सिजी लाइफसेलले विप एप सार्वजनिक गरेको छ ।

सिजीलाइफ सेल चौधरी समूह अन्तर्गत सूचना प्रविधिको क्षेत्रमा काम गर्ने नयाँ विजनेस भर्टिकल हो । विप एप एउटा म्यानेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाइस कल, भिडियो कल गर्न र म्यासेज एवम फाइलको आदानप्रदान गर्न सकिनेछ । यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमयदर, मौसम सम्बन्धी जानकारी र समाचारबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो एप आइओएस र एन्ड्रोइड दुबै मोबाइल अपरेटिङ सिस्टममा चल्छ । डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यमा योगदान पुर्याउँन सहयोग गर्ने चौधरी समुहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले बताए । यसले आम नेपाली सहज रुपमा सुचना पहुँचमा पुग्ने विस्वास चौधरीको छ । फलो मि र लोकेसन सेयर जस्ता विशेषता प्रयोग गनै सकिनेछ भने सरप्राइज पोइन्टद्धारा विभिन्न प्रकारका उपहारहरु जित्न सकिनेछ ।

यसमा १० जना प्रयोगकर्ताले एकैपटक भिडियो कल गर्न सक्नेछन् । यो एप गुगल प्लेस्टोर र एप्पल एप स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिन्छ । विप एप मोवाइल फोनको भाष अनुसार परिवर्तन गर्न सकिनेछ । यसमा विभिन्न प्रकारका निशुल्क गेमहरु डाउनलोड नगरी खेल्न सकिन्छ ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्