Logo
१७ बैशाख २०८१, सोमबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ बर्षपछि कमब्याक गरेका शर्माको ‘रातो टीका निधारमा’ नीता फाइनल

काठमाडौं : निर्माता निर्देशक अशोक शर्माले ‘जय भोले’पछि घोषणा गरेको फिल्म ‘रातो टीका निधारमा’मा अभिनेत्री नीता ढुङ्गानाको पनि अभिनय रहने भएको छ । फिल्मका निर्देशक शर्माले आफ्नो नयाँ फिल्मका लागि नीता फाइनल भएको जानकारी दिएका हुन् ।

शर्माले सोमबार नीतालाई फिल्मका लागि फाइनल गरेका हुन् । नीता कलाकार रबिन्द्र झाको हिरोइनको रुपमा फाइनल भएकी हुन् । फिल्मका लागि मुख्य अभिनेता अभिनेत्री भने अझै फाइनल हुन बाँकी रहेको शर्माले बताए ।

बैशाखको अन्तिम साताबाट छायाँकनमा निस्किने बताइएको फिल्ममा नीता र रबिन्द्र बाहेक बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरीको पनि अभिनय रहनेछ । दर्शक अगाडि प्रदर्शनमा आएको शर्मा निर्देशित फिल्म ‘अल्लारे’मा समावेश ‘रातो टिका निधारमा’बोलको गीतको नामबाट शर्माले फिल्म बनाउन लागेका हुन् । यो फिल्ममा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको अभिनय रहेको थियो ।

फिल्मको एक गीतमा राजेश र करिश्मा पनि खेलाउने सोचमा शर्मा रहेका छन् । यसैबर्ष ‘जय भोले’ मार्फत् निर्माण र निर्देशनमा १२ बर्षपछि कमब्याक गरेका शर्मा पछिल्लो समय डिसिएनमा सक्रिय थिए ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्