Logo
२४ बैशाख २०८१, सोमबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यू-२३ च्याम्पियनसिपमा नेपाल अफगानिस्तानसँग २-०ले पराजित

काठमाडौं : २३ वर्षमुनिको एएफसी (यू-२३) च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा गए राति भएको खेलमा नेपाल अफगानिस्तानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

छनोट चरणमा नेपालको यो तेस्रो हार हो । समूह ‘ए’मा रहेको नेपाल जितविहीन रह्यो र अङ्कतालिकाको अन्तिम स्थानमा रहँदै प्रतियोगिता टुङ्ग्यायो । यसअघि नेपाल पहिलो खेलमा ओमानसँग १-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा कतारसँग ५-० को हार व्यहोरेको थियो ।

अफगानिस्तानको जितमा सोलोमोन साह र अहमेद ओम्रानले १-१ गोल गरे । खेलको २४ औँ मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई सुरूवाती अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको ३४ औँ मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २-० को सहज जित दिलाए ।

त्यस्तै समूह ‘ए’बाट आयोजक कतार शीर्षस्थानमा रहँदै थाइल्याण्डमा अर्को वर्ष आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट भएको छ । मंगलबार राति नै भएको कतार र ओमनबीचको खेल २-२ गोलको बराबरीमा रोकिएपछि कतार गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा रहँदै च्याम्यिनसिपका लागि छनोट भएको हो ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्