प्रहरीको गाडीको ठक्करबाट युवक गम्भीर घाइते, स्थानीयले गरे गाडी तोड्फोड
जनकपुरधाम : जनकपुरधाममा प्रहरीको गाडीले एक युवकलाई ठक्कर दिएको छ ।
जनकपुर उपमहानगरपालिका-४ स्थित राम चोकमा प्रहरीको भ्यानले ठक्कर दिदा होली मनाइरहेका सन्दीप यादव गम्भीर घाइते भएका हुन् ।२० वर्षीय यादवको जनकपुरमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
प्रहरीकै भ्यानले ठक्कर दिएपछि स्थानीयहरुले उक्त गाडीमा तोड्फोड समेत गरेका छन् । बुधबार पहाडी जिल्ला, बिहीबार मधेशका जिल्लामा होली पर्व मनाए पनि जनकपुरमा भने शुक्रबार यो पर्व मनाइँदैछ ।