कडा बनाईने भयो न्युजिल्याण्डमा बन्दुक सम्बन्धी कानुन
क्राइस्टचर्चमा ५० जनाको ज्यान जाने गरि भएको आक्रमणपछि बन्दुक सम्बन्धी कानुन कडा बनाउन आफूले गरेको प्रस्तावमा मन्त्रीपरिषदले साथ दिएको प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बताएकी छन् ।
गएको शुक्रबार दुई मस्जिदमा भएको आक्रमणमा ५० जनाको ज्यान गएको थियो भने अरु ४० जना भन्दा बढि घाइते भएका थिए ।
आक्रमणमा संलग्न २८ वर्षे अस्ट्रेलियाका ब्रेन्टन ट्यारेन्टलाईविरुद्ध हत्या आरोपमा मुद्दा चलाइएको छ । आक्रमणपछि बन्दुक सम्बन्धी कानुन बलियो बनाउन माग बढेको थियो, त्यसपछि प्रधानमन्त्री आर्डर्नले यसका लागि चाँडै नै कानुन परिवर्तन गर्ने बताएकी थिइन् ।
मन्त्रीपरिषदको बैठकपछि प्रधानमन्त्री आर्डर्नले आउँदो मार्च २५ सम्ममा बन्दुक सम्बन्धी कानुन परिवर्तन हुने बताइन् । उनले भनिन्, ‘हामीले मन्त्रीपरिषदबाट कानुन परिवर्तन गर्ने सम्बन्धी निर्णय भएको छ । हामी यसमा एकताबकद्ध छौँ ।’ न्युजिल्याण्डको प्रहरीले सेमीअटोमेटिक हतियारमा