Logo
२२ बैशाख २०८१, शनिबार
(March 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झुक्किएर पनि नछुनुहोस् बाटोमा भेटिएका यी चीज

काठमाडौँ  :  लामो होस् या छोटो दैनिकजसो यात्रा गर्ने हामी बाटोमा विभिन्न चिजहरु देखेका हुन्छौँ । धर्मशास्त्रमा बताए अनुसार केही यस्ता अपवित्र चिज रहेका छन् जुन चिजहरुबाट बाटा हिड्दा जोगिएर हिड्नुपर्छ । शास्त्रले अपवित्र भनिएका चिजहरु बाटो हिड्दा देखेमा वा छोएमा नुहाएर मात्रै अरु काम गर्नुपर्छ ।

त्यसकारण यस्ता चिजहरुको ख्याल नगरेमा झुक्किएर ती चिजहरु छोएमा धेरै प्रकारका दोषहरु आउने गर्छन् भने जीवनभरि नराम्रो प्रभाव पर्छ । हेरौँ शास्त्रले छुट्याएको अपवित्र चिजहरु केके हुन् त ।

१. कपाल :

यदि तपाईले बाटो हिड्दै गर्दा कपालको पोके देख्नुभएको छ भने त्यसबाट जोगिएर हिड्नुहोला । किनकी शास्त्रले शरिरबाट झरेको कपाललाई पनि अपवित्र मान्छ ।

२. तन्त्रमन्त्रका चिजहरु :

कतिपयले नराम्रो नजर उर्तान, तन्त्रमन्त्र प्रयोग गर्ने गर्छन् । त्यस्त चिजलाई सडक वा चौबाटोमा फालेका हुन्छन् । जस्तै खुर्सानी, कागती, अण्डा, फर्सी, सिन्दुर जस्ता कुराहरु बाटोमा भेटे बेवास्ता गरेर हिड्नुर्पछ ।

३. फोहोर कपडा :

बाटोमा सिहड्दै गर्दा फोहोर कपडा भेटेमा त्यस्ता चिजहरुबाट समेत बचेर हिड्नुर्पछ । यस्ता कपडाहरुले पनि अपवित्र बनाउछ ।

४. खरानी :

कहिलेकाही बाटोमा हिड्दा खरानी भेटिन्छ । त्यसबाट बचेर हिड्नु राम्रो हुन्छ । किनकी यस्ता खरानीहरु कुनै तन्त्रमन्त्र गरेर राखेको पनि हुन् सक्छ ।

५. मृत पशु : 

यदि कतै मृत पशु देखेमा पनि बचेर हिड्पर्छ । मृत पशु छुनाले दोष लाग्न सक्छ । यदि छोइहालेमा पनि नुहाउनुपर्छ ।

६.  नुहाएको पानी : 

शहर बजारका मानिसहरु बाथरुममा नुहाउँछन् । तर गाउघरमा धारा, पधेँरा, कुवा, वा ट्वाइलेट नजिकै नुहाउने गर्छन् । नुहाएको पानी सडकका बगिरहेको हुन्छ । यदि बाटोमा हिड्दा यसरी बगेको पानी देखेमा छलेर हिड्नुपर्छ ।

प्रकाशित मिति: Mar 14, 2019

प्रतिक्रिया दिनुहोस्