Logo
२५ बैशाख २०८१, मंगलबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रजातन्त्र विरुद्ध भएका गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने, वाइड बडी सम्बन्धमा छानबिनको माग

पोखरा : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने बताएका हुन् ।

उक्त सम्मेलनमा दउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने र एनसेलले राज्यलाई कर तिर्नुपर्ने समेत बताए । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवाको आरोप थियो ।

उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्