Logo
२६ बैशाख २०८१, बुधबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राउतसँग भएको ११ बुँदे सम्झौतामाथि बढ्दै गयो विवाद : देउवाले लगाए राष्ट्रघातीको आरोप

पोखरा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विखण्डनको अभियान चलाएकासँग भएको सम्झौता राष्ट्रघाती रहेको बताएका छन् ।

मंगलबार कास्कीको पोखरामा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा देउवाले विखण्डनको अभियान चलाएकासँग भएको सम्झौता राष्ट्रघाती रहेको बताएका हुन् ।

उक्त पत्रकार सम्मेलनमा देउवाले सम्झौतामा उल्लेख गरिएको जनअभिमत भन्ने शब्दले देश विभाजन गर्ने या नगर्ने भन्नका लागि जनमत संग्रह गर्ने संकेत रहेको बताए ।

देशको कुनै पनि भाग टुक्र्याउने कुनै पनि खेल आफूहरुलाई स्वीकार्य नहुने देउवाले बताएका छन् । राउतसँगको सम्झौतालाई आफूहरुले राष्ट्रघातको रुपमा लिएको कांग्रेस सभापति देउवाको भनाई छ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्