Logo
२६ बैशाख २०८१, बुधबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियताबारे सरकार नै गम्भीर नभएको आरोप, विप्लवसँग तत्काल वार्ता गर्न नेता पौडेलको सुझाव

बुटवल : नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द विप्लवसँग तत्काल वार्ता गर्नुपर्ने बताएका छन् । मंगलबार बिहान बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मलनमा बोल्दै नेता पौडेलले राष्ट्रिय अखण्डतामाथि कुनैपनि आशंका हुन नुहने बताए ।

उनले सिके राउतसँग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताबारे सरकार नै गम्भीर नभएको आरोप लगाए । ‘सरकार कति धेरै अपरिपक्व र हावा रहेछ भन्ने कुरा यहि सहमतिबाट प्रष्ट भएको छ’ बरिष्ठ नेता पौडेलले भने । नेपालमा पृथकताबादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दूश्प्रचार गरिरहेको उनको धारणा छ ।

सरकारका काम कारवाहीको विषयमा धारणा राख्दै उनले वाइडवडी काण्डमा तत्कालीन पर्यटनमन्त्री राविन्द्र अधिकारी निर्दोष रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई उनले सत्यलाई ढाकाछोप गर्न असत्यको प्रचार प्रसार गरेको भनेर टिप्पणी गरे । अख्तियारलाई समेत चुनौती दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ती ढाक छोप गर्ने प्रपन्च भएको भन्दै पौडेलले छानविन आयोग भन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने कामा मात्रै गरको बताए ।

उनले देशमा भष्ट्राचार मैलाउदै गएको भन्दै सूनकाण्ड देखि लिएर चिनी काण्ड सम्ममा सरकार असफल भएको आरोप लगाए । निर्मला पन्त हत्यामा सरकारले असफलता देखाएको देखाएको बताए । घटनाको दोषि उपर कुनै पनि काम कारबाही गर्न नसक्नु लज्जाको विषय भएको बताए ।

विप्लव नेकपालाई उनले बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै उनले सरकारले अविलम्ब विप्लब नेकपालाई वार्तामा बोलाएर अगाडी बढाउनको लागि आग्रह गरे । उले भने-‘मैले भनेको थिए, सर्पको खुट्टा सर्पले देख्छ, अविलम्ब विप्लव जि संग बर्ता गर ।’ नेपाली कांग्रेसलाइ गुटउपगुटबाट माथि उठाउनुपर्नेमा उनको जोड छ । नेपाली काग्रेसका सभापति र प्रवक्ताले सिके राउतसगँको सम्झौतालाई हतार टिप्णणी गरेको बताए ।

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्