Logo
२५ बैशाख २०८१, मंगलबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आवश्यक्ता परे सिके राउत मन्त्री पनि बन्नेछन् भीम रावलसंग सोध्नुपर्दैन : प्रधानमन्त्री

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गर्ने निर्णयबारे पार्टी नेता भिम रावलसंग साृध्नुपर्ने कुनै आवश्यक्ता नरहेको बताएका छन् । रौतहटमा आयोजित कार्यक्रममा भाग लिन पुगेका बेला केहि अगुवा कार्यकर्ताहरुसंगको कुराकानीमा उनले त्यस्तो बताएका हुन् ।

सिके राउतसंग भएको सहमतीबारे नेता भिम रावल लगायत केहि नेताहरुको प्रतिकृयाबारे रौतहटका स्थानीय नेता कार्यकर्ताहरुसंगको कुराकानीमा ओलीले भने ‘म प्रधानमन्त्री हुँ, र पार्टी अध्यक्ष पनि मलाई लाग्दैन की रावल कामरेडसंग सबै सल्लाह गर्नुपर्छ ।’ उनको भनाई उदृत गर्दै रौतहटका एक नेताले बताए अनुसार प्रधानमन्त्री ओलीले सिके राउत जस्तो बिद्यवान मान्छेको सरकारमा समेत आवश्यक्ता रहेकाले आफूले त्यसको चाजोबाजो समेत मिलाइरहेको बताएका हुन् ।

‘कस्ले के भन्छ, कस्ले के ट्वीट गर्छन् त्यो मलाई थाह छैन, प्रचण्ड कामरेडसंगै छन् मेजर कुरा हामीबीच सल्ला भएकै हुन्छ अव रावलजीहरुलाई के टेन्सन भइरहेको हुन्छ त्यो ठुलो कुरा होइन’ ओलीको भनाई उदृत गर्दै उक्त नेताले भने ‘सरकारले निर्णय गरिसकेपछि सक्यो र सरकार देशहितमा नै कुनै निर्णय गर्नेछन् ।’

विकासको लागि सरकार गम्भीरतापूर्वक र सजगतापूर्वक अगाडि बढेको छ

यसैबीच नेकपाको प्रदेश २ ले रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले सरकार विकासको लागि गम्भीरतापूर्वक र सजगतापूर्वक अगाडि बढेको बताएका छन्। तराई मधेसको समृद्धि र विकासको लागि नेकपा र नेकपा नेतृत्वको सरकार गम्भीर रहेको पार्टीका प्रमुख तीन नेताले एकै मञ्चबाट घोषणा गरेका हुन्।

प्रधानमन्त्री ओलीले पृथकवादी र ‘अलगावादी’ राजनीतिको भविष्य नभई देशको समृद्धि नै एकमात्र बाटो देखेर सीके राउत नेतृत्वको समूह देशको अखण्डता र अविभाज्यतालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यबद्धता जनाएको बताएका छन्। प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको समृद्धि, शान्ति र समृद्धिको सपना साकार पार्न भएको बताए।

यसैगरी तराई मधेसको समृद्धिका लागि २ सय ५३ करोड रुपैयाँको विशेष बजेटको अभियान चलिरहेको बताउँदै रौतहटमा आफू ४६ वर्ष अगाडि भूमिगत बसेको स्मरण गरे। प्रधानमन्त्री ओलीले प्रदेश २ मा चलिरहेको विभिन्न ठूला योजनाको चर्चा गर्दै थप योजना पनि सञ्चालन गर्ने घोषणा गरे।

देशको समृद्धिका लागि समृद्ध नेपाल सुखी नेपालीको नारा तय गर्दै यसका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्। प्रम ओलीले देशलाई उन्नत र देशबासीलाई सुखी बनाउन सबैको भूमिका र सहयोग आवश्यक रहेकोले साथ दिन सबैलाई आह्वान गरेका छन्।

‘७० हजारभन्दा बढी’ मानिस उपस्थित गरुडाको कार्यक्रममा प्रम ओलीले रौतहटको विभिन्न गाउँलाई सम्झेको पनि बताएका छन्। ४६ वर्षपहिले आफू नेकपाको कार्यकर्ता भएर रौतहटको कोपवामा र गरुडा, इनरवारी, भैंसहीलगायत ठाउँमा बसेको स्पष्ट पारेका छन्। रौतहटमा अस्पताल, सडक, दमकल, खानेपानी, सिँचाइलगायत आवश्यकता पूरा गर्ने आश्वासन दिएका छन्।

सदरमुकामलाई मुख्य राजमार्गसित जोड्ने बाटोलाई चार लेनको बनाउने

प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको समृद्धि, शान्ति र समृद्धिको सपना साकार पार्न भएको बताए। प्रधानमन्त्री ओलीले प्रदेश २ का सबै सदरमुकामलाई मुख्य राजमार्गसित जोड्ने बाटोलाई चार लेनको बनाउने घोषणा पनि गरे। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, द्रूत मार्ग निर्माण भएपछि प्रदेशको कायापलट हुने बताउँदै प्रम ओलीले भन्सारहरुको आधुनिकीकरण गरिने पनि बताए।

लालबकैया र बागमती नदीलाई नियन्त्रण गर्ने घोषणा गर्दै प्रम ओलीले भारतले सीमानजिकै बनाएको तटबन्धले डुबानमा पर्ने गरेकोले अब सर्वेको काम भइरहेको र केही वर्षमा बाढीको पानीले निकास पाउने घोषणा पनि यसै मञ्चबाट गरे। प्रदेशका किसानको सिंचाइ समस्या पनि छिट्टै समाधान गरिने बताउँदै प्रम ओलीले औद्योगिकीकरण, कृषिको आधुनिकीकरण, व्यावसायीकरणमा पनि जोड दिए। हरेक स्थानीय तहमा व्यावसायिक विद्यालयको स्थापना गर्ने लक्ष्य लिएर अगाडि बढेको सरकारले विद्यालयको गुणस्तर वृद्धि गरी कलेजको स्तर वृद्धि गर्ने पनि बताए।

सीके राउतलाई मूलधारमा ल्याइसकेपछि राजपाप्रति व्यंग्य गर्दै प्रम ओलीले भने, ‘एकचोटि अलिकति भोट ल्याएर प्रदेशमा सरकार बनाइहालेपछि बढी फुर्ति लगाउनुको कुनै अर्थ छैन। प्रदेश २ मा अर्कोपटक नेकपाकै दुईतिहाइ सरकार बन्छ।’ आफू मधेसमै बसेको र मधेसबाटै आन्दोलन सुरु गरेको भन्दै उनले आफूलाई मधेसविरोधी भन्दा आश्चार्यसँगै दुःख लागेको बताए।

आमसभामा देखिएको उपस्थितिले नेकपाप्रति लागेको मधेसविरोधीको आरोपको जवाफ दिएको प्रम ओलीले घुमाउरो किसिमले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे।

चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताएका छन्। सरकारले ठूला आयोजनाहरुको सञ्चालन गरेको र तराई मधेसका बासिन्दाको मर्म र भावनालाई बुझेको सरकार र नेकपा भएकोले भौतिक विकासको साथै मधेसको विविधताको संरक्षण गर्ने पनि बताए। विभेद, असमानता र अन्यायविरुद्ध मधेसवासी जहिले पनि अग्रणी मोर्चामा रहेका भन्दै उनले मधेसीको प्रशंसा गरेका थिए। देशमा नेकपाको हरेक लोकतान्त्रिक आन्दोलनमा तराई मधेसको सहभागिता रहेको भन्दै उनले प्रशंसा गरे।

तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउँदै दाहालले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट पारे। भने, ‘नेकपाबाहेक कुनै पार्टीले जनताको समृद्धिको सपना पूरा गर्न सक्दैन।’ वर्तमान सरकारले छिमेकीसँग पनि असल सम्बन्ध विकास गरेको भन्दै सरकारको तारिफ गरे।

नेता दाहालले नेकपाको एकीकरण सानोतिनो ऐतिहासिक काम नभएको बताउँदै जिल्ला र तल्लो तहसम्म छिटै पार्टी एकताको काम सम्पन्न गरी देश दौडाहामा आफूहरु जाने पनि बताए। उनले यस मञ्चबाट दोहो¥याए –‘पार्टी एकता साधारण कुरो थिएन।’

तराई मधेसको भूमिका प्रशंसनीय

त्यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विभेद, असमानता र अन्यायका साथै नेकपाको आन्दोलनमा रौतहटको साथै तराई मधेसको भूमिका प्रशंसनीय रहेको बताए। दुई प्रधानमन्त्रीले तराई मधेसको खुलेर प्रशंसा गरेजस्तै उनले पनि देशमा वामपन्थी आन्दोलन स्थापित गर्न तराई मधेसको भूमिकाको प्रशंसा गरे। वामपन्थी आन्दोलनलाई सफल पार्न मधेसको भूमिका ठूलो भएको उनले बताए।

नेकपा स्थापनाको तीन वर्षमै रौतहटबाट किसान आन्दोलनको सुरुआत भएको, किसान मजदुरलाई पनि सम्मानको दृष्टिले हेर्नुपर्ने भावनात्मक र भौतिक दुवै किसिमको आन्दोलनको विकास भएको उनले स्मरण गराए। नेता नेपालले भ्रष्टाचारलाई समाप्त पार्न वर्तमान सरकार लागिपरेकोले नेकपाका सम्पूर्ण कार्यकर्ताहरुले यस अभियानमा आफ्नो योगदान दिनुपर्ने बताए।

रौतहटको स्थानीय भाषा बज्जिकामा भाषामा बोल्दै नेपालले तराई मधेसको नाममा जनतामा फूट ल्याउने चलखेल भएको बताए। फुटको राजनीति गर्नेहरुले नेकपालाई मधेसविरोधी भएको भ्रम छर्ने गरेका उनको भनाइ थियो।

प्रदेशको आवश्यकता र जनताको चाहनालाई देशका तीनवटै नेताले राम्ररी बुझेकाले प्रदेशलाई विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमको अध्यक्षता गरेका नेकपाको प्रदेश अध्यक्ष प्रभु साहले बताए। नेकपाको एकीकरण र सरकार गठनपछि नेकपाको प्रदेश समितिद्वारा पहिलोपटक आमसभाको आयोजना गरिएको थियो।

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्