Logo
२० बैशाख २०८१, बिहीबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शेखरलाई देउवाको प्रश्न : शशांक र सुजाताले नबोल्दा हुने तर शेखरले किन बोल्दै हिंड्नुपर्ने ?

विराटनगर : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालाले आफूविरुद्ध निरन्तर बोल्दै हिंडेको कारण आफूले जवाफ दिएको बताए । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले शशांकले र सुजाताले नबोल्दा हुने तर शेखरले निरन्तर किन बोल्दै हिंड्नुपर्ने भनि प्रश्न गरे ।

शेखर कोइरालाले धेरै बोलेपछि घरमा बोलाएर मैले पनि बोल्नुपर्ने होला भनेर सम्झाउँदा पनि फेरि बोल्दै हिंडेपछि जवाफ दिएको बताए । ‘सशांकले बोलेको छैन। सुजताले बोलेको छैन । उहाँले किन लगातार बोल्नुभएको हो? धेरै बोलेपछि घरमा बोलाएर उहाँलाई मैले पनि बोल्नुपर्ने होला भनेर सम्झाउँदा पनि फेरि बोल्दै जानुभयो’। देउवाले भने,

‘नेपालगंजमा मैले त्यसको जवाफ दिएको हुँ ।’ सभापतिविरुद्ध निरन्तर बोल्नेलाई कारबाही हुनुपर्‍यो नि भन्ने संचारकर्मीको प्रश्नमा देउवाले बोलेकै भरमा कसैलाई कारबाही भने नगरिने प्रष्ट पारे । सभापति देउवाले केन्द्रीय समितिले महासमिति बैठकबाट पाएको म्यान्डेट अनुसार विधान पास गरेको दाबी गरे । महासमितिको बैठकले केन्द्रीय समितिलाई कुनै निर्णय गरेर नदिएको र विधानबारे निर्णय गर्न म्यान्डेट दिएपछि उपर्युक्त निर्णय लिइएको उनको भनाइ थियो ।

‘महासमितिले केन्द्रीय समितिलाई म्यान्डेट दिएको आधारमा विधान पास गरिएको हो’, देउवाले भने,‘महासमितिले कुनै निर्णय गरेको थिएन । बैठकमा आवाज उठेको थियो । तर केन्द्रीय समितिलाई म्यान्डेट दिएको हो ।’ आफ्ना विरुद्धमा भएको चाक्सिबारी भेला स्वाभाविक भएको भन्दै सभापति देउवाले लोकतन्त्रमा बैठक गर्न पाउने तर काम गर्न नदिने भन्ने विषयमा तीनवर्ष आलटाल भइसकेकोले अब काम नरोकिने बताए ।

‘लोकतन्त्रमा लोकतान्त्रिक पार्टीमा भेला, बैठक हुनु स्वाभाविक हो। नेतहरूले आफ्नो–आफ्नो बैठक गर्न पाउँछन्’, देउवाले भने, ‘तर काम गर्न नदिने भन्ने सन्दर्भमा तीन वर्ष भइसक्यो । काम नभएको अब कति समय कुर्नुरु अब काम रोकिँदैन।’ पूर्वप्रधानमन्त्री देउवाले वाइड वडी विमान खरिदमा भएको घोटालाबारे सोधिएको प्रश्नमा भने कुनै जवाफ दिएनन् ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्