Logo
९ श्रावण २०८१, बुधबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् चोरी गरिरहेको अवस्थामा ७ जना पक्राउ

राजविराज : हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट एक थान पानी तान्ने मोटर, एक थान साउन्ड बक्स र एक थान पङ्खा पनि बरामद गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिए । विद्युत् ऐनअनुसार उनीहरुबाट रु १५ हजार ५०२ जरिवाना असुल गरी कारवाही गरेको पनि उनले बताए ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्