Logo
२४ बैशाख २०८१, सोमबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७२ ओटा शैक्षिक संरचनाको पुनर्निर्माणमा भारतले सहयोग गर्ने सम्झौता

काठमाण्डौ : बिभिन्न जिल्लाका ७२ ओटा शैक्षिक संरचनाको पुनर्निर्माणमा भारतले सहयोग गर्ने भएको छ । बुधवार उक कार्यक्रमवीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

काठमाण्डौ स्थित भारतीय राजदूतावास र The Central Building Research Institute (CBRI), Roorkee, India बीच नेपालका ७२ वटा शिक्षा संरचनामा भूकम्प पछिको पुनर्निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा भारत सरकारको तर्फबाट काठमाडौं स्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. अजय कुमार तथा CBRI तर्फबाट Planning & Business Development Group, CBRI का समूह अगुवा डा. पुर्णिमा परिदाले हस्ताक्षर गरेका छन् ।

एक औपचारिक समारोहबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत श्री सुशील ज्ञवाली तथा नेपालका लागि भारतीय राजदूत श्री मञ्जीव सिंह पुरीको उपस्थितीमा उक्त हस्ताक्षर गरिएको हो ।

CBRI ले गोर्खा, नुवाकोट, धादिङ, दोलखा, काभे्रपलाञ्चोक, रामेछाप तथा सिन्धुपाल्चोक गरी ७ जिल्लाका ७० वटा उच्च माध्यमिक विद्यालयका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा पाटन स्थित राष्ट्रिय पुस्तकालयको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यस्वस्थापन परामर्श सेवा प्रदान गर्नेछ ।

CBRI ले नेपाल सरकारको विपद् उत्थानशील पुनर्निर्माण निर्देशिका अनुरुप शैक्षिक संरचनाको पुनर्निर्माण/रेट्रोफिट गर्न शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँग काम गर्नेछ ।

भारतीय राजदूतावास स्थित पुनर्निर्माण प्रभागका प्रमुख सुचिता किशोर तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक इमा नारायण श्रेष्ठले गोर्खा तथा नुवाकोटका आठ विद्यालयलको परियोजना अन्तरगतको विशिष्ट सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

Council of Scientific & Industrial Research अन्तर्गत रहेको CBRI आश्रय योजना, निर्माण सामग्री, संरचना तथा प्रकोप न्यूनीकरण जस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने भारतको एक प्रमुख राष्ट्रिय प्रयोगशालाको रुपमा परिचित छ ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्