Logo
२४ बैशाख २०८१, सोमबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलन गर्न सधैं अगाडी रहने शिक्षकहरुकै कारण सिरहाका ६०० नेपाली विद्यार्थी भन्छन् “भारत माताकी जय”

काठमाडौँ : प्रत्येक वर्ष विभिन्न बहानामा काठमाडौं आई आन्दोलन गर्ने तर पढाउन भने खासै गम्भीर नरहने शिक्षकहरु एउटा कर्तूत प्रदेस २ बाट सार्वजनिक भएको छ ।

शिककहरुकै लापरबाहीका कारण प्रदेश २ स्थित सिरहा जिल्लाका ६ सयभन्दा धेरै नेपाली विद्यार्थी भारतीय लौकाहा बजार क्षेत्रमा पर्ने भारतीय विद्यालयमा पढ्न बाध्य छन् ।

जिल्लाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका-४ मा पर्ने ठाडीबजार भारतीय सीमासँग जोडिएको अन्तिम नेपाली गाउँ हो ।

गाउँपालिका क्षेत्रमा तीन माविसहित १६ वटा सामुदायिक विद्यालय छन् । विद्यालयको संख्या धेरै भए पनि नियमित पठनपाठन हुँदैन ।

स्थानीय जमुवा, बिसौल, कल्याणपुर गाउँका करिब चार सय घरधुरीलाई पायक पर्ने गरी ठाडी विश्वासपट्टिमा ०१५ सालमा स्थापित कक्षा आठसम्म पढाइ हुने आधारभूत तहको विद्यालय पनि छ ।

विद्यालयको भवन, कक्षाकोठा पर्याप्त छन् । स्थायी दरबन्दीका सातजना शिक्षक मात्र छन् । विद्यार्थीको संख्या भने निकै न्यून छ।

आफ्नो घर-आँगनमा रहेको विद्यालयमा पढाइ नहुँदा विद्यार्थीहरू भारतीय विद्यालय पढ्न विवश छन् । अधिकांश विद्यालयको हालत उस्तै छ । ‘विद्यार्थी रजिस्टरमा मात्र भएपछि विद्यालय आएका शिक्षकको गफ चुट्ने कामबाहेक केही हुँदैन,’ विद्यालयनजिकै घर रहेका वृद्ध हजारी साहले भने ।

बिहान साढे १० नबज्दै आफू पढिरहेको विद्यालयमा पुगेपछि भारतीय सहकर्मीसँगै लाइन लागेर नेपाली बालबालिका ‘वन्दे मातरम्, भारत माता की जय’ भन्दै प्रार्थना गरेपछि आफ्नो कक्षा कोठामा फर्किन्छन् ।

लौकाहास्थित राजकीय कन्या मध्य विद्यालयका प्रभारी प्रधान (प्रधानाध्यापक) देवकुमारले भने, ‘सीमावर्ती नेपाली गाउँका विद्यार्थी पनि पढ्न आउँछन्, भारतीय विद्यालय भएकाले यहाँका विद्यार्थीले गरेअनुसार नेपाली विद्यार्थीले पनि गर्नैपर्छ ।’

शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका प्रमुख उपसचिव दोलप्रसाद पाण्डेले जिल्लाका सामुदायिक विद्यालय स्थानीय सरकार मातहत गएकाले कहाँ के भएको छ भन्ने विषयमा थाहा नभएको बताए । ‘तथापि सम्बन्धित गाउँपालिकाका स्रोत व्यक्तिमार्फत बुझ्नेछु,’ उनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्