Logo
३ जेष्ठ २०८१, बिहीबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारत र पाकिस्तानबीच जारी तनाव चाँडै हल हुने : ट्रम्प

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच जारी तनाव चाँडै हल हुने आशा व्यक्त गरेका छन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसित वार्ताका लागि भियतनामको हनोईमा पुगेका ट्रम्पले साइडलाइन कुराकानीमा भारत-पाकिस्तानबारे प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘मलाई लाग्छ कि भारत र पाकिस्तानका तर्फबाट आकर्षक खबर आइरहेको छ । दुवै देशहरुमा पछिल्लो समय तनाव जारी छ ।

यो मुद्दालाई सुल्झाउन हामी मध्यस्थता गरिरहेका छौं । हामीलाई राम्रो खबर प्राप्त भइरहेको छ । आशा छ कि वर्षौं पुरानो तनाव चाँडै नै अन्त्य हुने छ ।’ गत १४ फेबु्रअरीमा पुलवामामा भएको आतंकवादी हमलापछि अमेरिकाले त्यसको निन्दा गरेको थियो । तर, त्यसपछिको विकासक्रममा उसले औपचारिक प्रतिक्रिया दिएको छैन ।

बुधबार राति भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री माइक मम्पियोसँग कुरा गरेका थिए ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्